• गृह पृष्ठ
  • समाचार
  • गोरखा पत्रिका बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • म्युजिक भिडियो
  • प्रदेश शंस्करण
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ कार्तिक २२, शुक्रबार
    • समाचार
    • गोरखा पत्रिका बिशेष
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश शंस्करण
    • ताजा अपडेट

      माता तीर्थ औँसीको बहार नेपाल हाउसको केक आमालाई उपहार

      १ साल अघि

      अन्तराष्ट्रि«य शान्ति संस्था युनिप नेपालको प्रथम भेला सम्पन्न

      १ साल अघि

      ज्योतीको सङ्गालो विमोचन,अस्पताललाई २५ लाख हस्ताण्तरण(फोटो फिचर सहित)

      १ साल अघि

      ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : दिल्ली बहादुर सिंह

      १ साल अघि

      श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सव सम्पन्न

      १ साल अघि

      नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ

      १ साल अघि

      नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ

      १ साल अघि

      नेपालका सरोज ओझासहित २८ देशका ५१ जना कविहरु अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त

      १ साल अघि

      अपाङ्ग एकता आवाज केन्द्रको प्रांगणमा श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ शुरू

      १ साल अघि

      संस्थामा आश्रित बालबालिकाहरुको सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ

      १ साल अघि

      माईती लिक्वीड डिसवासको प्रमोशन गर्न माईतीसंग मेरो भिडियो कार्यक्रम सार्वजनिक

      १ साल अघि

      सेलोघरमा सारा खवरको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

      १ साल अघि

      ‘ड्रंक एण्ड हाई’, ‘फाइटर फिल्म गीत–इश्क जैशा कुछ’, ‘भुल भुलैया २’ र्‍याप गीत–तेरे आंखे भूल भुलैया, ‘हौले हौली’ र ‘नडियो पार’ गायक नेपालमा

      १ साल अघि

      चेम्बर आन्दोलनकै सशक्त नारी हस्ताक्षर उर्मिला श्रेष्ठ चेम्बर उपाध्यक्षमा निर्वाचित (जीवनीसहित)

      १ साल अघि

      विद्यार्थी र अभिभावकको पहिलो रोजाइस् कश्यप एकेडेमी

      १ साल अघि
    in
    आज: २०८२ कार्तिक २२, शुक्रबार
    ट्रेन्डीङ्ग
    इजरायल ओमिक्रोन भेरियन्ट कांग्रेस महाधिवेशन कोरोना भाइरस डेनमार्क नेप्से बुढो रूखमा पालुवा बेलायत मनाङ र पुलिस भिड्ने राशिफल
    होमपेज /  आर्थिक

    चेम्बर आन्दोलनकै सशक्त नारी हस्ताक्षर उर्मिला श्रेष्ठ चेम्बर उपाध्यक्षमा निर्वाचित (जीवनीसहित)

  • २०८० चैत्र २९, बिहिबार (१ साल अघि)
  • १९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं । नेपालको निजी क्षेत्रको पहिलो छाता संगठन नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्षमा उर्मिला श्रेष्ठ निर्वाचित हुनुभएको छ । नेपाल चेम्बरको ७३औँ साधारण सभाबाट उहाँ दोस्रो कार्यकालका लागि यस सम्मानित पदमा निर्वाचित हुन सफल हुनु भएको हो । उक्त सभाबाट अध्यक्षमा कमलेशकुमार अग्रवाल ​​निर्वाचित हुनुभएको छ।

    उर्मिला श्रेष्ठको संक्षिप्त परिचय

    चेम्बर आन्दोलिनको एक सशक्त नारी हस्ताक्षर हुनुहुन्छ, उर्मिला श्रेष्ठ । सक्षम, कर्मठ, इमान्दार एवम् बौद्धिक नारीको रुपमा चिरपरिचित श्रेष्ठ नेपालमा समकालिन समयमा औंलामा गन्न सकिने सफल महिलाहरुको पंक्तीमा अग्रपंतीमा आउने नाम पनि हो । उद्योग व्यापार तथा व्यवस्थापनको क्षेत्रमा अनवरत रुपमा लागि पर्दै आउने क्रममा विभिन्न चुनौतीको सामना गर्दै तथा आरोह अवरोह पार गर्दै उहाँले तय गर्नुभएको सफलताको गाथा जति लोभलाग्दो छ, त्यस बाहेक पनि उत्तिकै प्रेरणादायी रहेको पाउन सकिन्छ । ।हालसालै मात्र सम्पन्न चेम्बरको ७३ औ साधारण सभाबाट पुन गरिमामय उपाध्यक्षको पदमा निर्वाचित हुन सफल श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शको ७० औं साधारण सभा अर्थात चेम्बर स्थापनाको ७० बर्षको ईतिहासमै पहिलो पटक महिला मध्येमा प्रथम पटक उपाध्यक्ष जस्तो उच्च मुकाममा पुग्न सफल हुँदै ईतिहास रच्न समेत सफल हुनु भएको थियो।

    साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यकारी प्रमुख अर्थात सिईओ समेत रहनुभएकी श्रेष्ठ आँफैमा एक सफल नारी पनि हुनुहुन्छ । साल्ट ट्रेडिङलाई कुशल व्यवस्थापकिय नेतृत्व प्रदान गर्दै आउनुभएकी उहाँले पछिल्लो समय महिला चेम्बरलाई पनि उस्तै सबल नेतृत्व प्रदान गर्नुभएको पाईन्छ ।

    बदलिदो विश्व परिवेश माझ नेपालमा पनि महिला सशक्तिकरणको सवाल टडकारो रुपमा उठदै आईरहेको सन्दर्भमा श्रेष्ठ नेतृत्वको नेपाल महिला चेम्बरले मुलुक भित्र महिला उद्यमशिलता विकासका लागि ठोस कार्यक्रम पस्कदै महत्वपूर्ण योगदान पुर्याएको छ । त्यसो त, श्रेष्ठको नेतृत्वमा महिला चेम्बरले गर्दै आएका कार्यहरुको सर्वत्र चर्चा समेत हुँदै आएका छन् ।

    नेपालको उद्योग, वाणिज्य क्षेत्रको प्रतिष्ठित व्यक्तित्व उर्मिला श्रेष्ठले निजी क्षेत्रलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।महिला चेम्बरको अध्यक्षको जिम्मेवारीमा रहेर श्रेष्ठले लैङ्गिक समानताको प्रवर्द्धन र व्यवसायिक क्षेत्रमा महिला उद्यमशीलता अभिवृद्धि गर्ने कार्यमा अग्रणी भूमिका निर्वाह गर्नुभएको छ । महिला चेम्बरलाई हाक्ने क्रममा उनको दूरदर्शी नेतृत्व र गतिशील दृष्टिकोणले देशमा महिला उद्यमशीलता विकासमा टेवा मिलेको छ भने चेम्बर उपाध्यक्षका हैसियतले भए गरेका कार्य सम्पादनबाट समग्र उद्योगी व्यवसायीको हित तथा देशको अर्थतन्त्रमा समेत ठूलो योगदान पुगेको छ । यसबाहेक, उहाँले सीईओको पदमा रहेर गरेका कामले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यप्रणालीमा उल्लेखनीय प्रभाव पारेको छ । जून सन्दर्भले उहाँमा अन्र्तनिहित रणनीतिक कुशलता र व्यवस्थापकीय कार्यकौशललार्ई मुखरित गर्दछ । अविछिन्न यात्रामा अटल भएर अगि बढ्दै गर्दा उर्मिलाले यस माझमा नीतिगत तथा व्यवहारिक रुपमा निजी क्षेत्रको साँखलाई माथि उठाउने थुप्रै उपलब्धिमुलक कार्यहरु गर्नुभएको छ । यी यावत सन्दर्भहरुले उनको असाधारण क्षमताको पुष्टि गर्दछ भने व्यापारको दुनियाँमा उच्च पदमा पुग्न चाहने महिलाहरूका लागि प्रेरणादायी उदाहरण पनि कायम गरेको छ।

    त्यसो त व्यापारिक पृष्‍ठभुमी बोकेको नेवार कुलमा जन्मिनुभएकी श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष चेम्बर आन्दोलनका लौह व्यक्तित्व स्वर्गिय ईश्वर लाल श्रेष्ठकी सुपुत्री हुनुहुन्छ । पिताजीको पद्चापलाई पछयाउदै नेपालको चेम्बर आन्दोलनलाई अघि बढाउने सवालमा उर्मिलाले ईश्वरलाल जस्तै अब्बलता प्रस्तुत गर्दै आउनुभएको छ।आफ्ना स्वर्गीय बुवा ईश्वरलाल श्रेष्ठको उद्यमशीलताको भावना विरासतमा पाएकी उर्मिला श्रेष्ठ पिताजीले कोरेको मार्गलाई पछ्याउँदै अगि बढन् उत्तिकै प्रतिबद्ध हुनुहुन्छ् । त्यसो त नेपालमा चेम्बर आन्दोलनलाई अगाडि बढाउने जिम्मेवारीमा खरो उत्रदै पिताजी जस्तै उर्मिलाले पनि अब्वलता पस्कदै आउनु भएको पनि छ । उसैगरि प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक वहन साथै व्यापारिक समुदायलाई बल प्रदान गर्ने उहाँको प्रतिबद्धताले उहाँको राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याती दिलाएको छ।

    विश्वव्यापी विकास परिवेशसँगै महिला सशक्तिकरणको सवाल टड्कारो रुपमा उठिरहेको वर्तमान सन्दर्भमा उनको ओजपूर्ण व्यक्तित्वले ठूलो महिला पंक्तिलाई व्यापार व्यवसायको क्षेत्रमा आकर्षण गरेको छ । त्यसो त उनको नेतृत्वमा महिला चेम्बरले आफ्नो प्रभावशाली कार्यको लागि व्यापक प्रशंसा बटुल्दै आएको पनि छ ।

    स्वच्छ व्यवसायिकपना, बौद्धिक जागरण जस्ता स्वाधिन र समाज प्रेरित कार्यमा समेत उत्तिकै सकृय हुनुहुन्छ, उर्मिला श्रेष्ठ । बौद्धिकता, व्यवसायपना र समाजसेवाको त्रिवेणी मानिने इश्वरलाल(माणिकलाल पुस्ताको ‘लिगेसी’ अर्थात बिडो थाम्दै अब्बल कार्यकौशलता प्रस्तुत गर्दै आउनुभएकी उर्मिला श्रेष्ठ समकालिक समयकी एक प्रभावशाली नारीमा गनिनुहुन्छ । तसर्थ पनि एक सफल महिला नेतृका रूपमा उर्मिला श्रेष्ठको प्रभावलाई नकार्न सकिँदैन। नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्षको रूपमा श्रेष्ठ निर्वाचित हुनुले महिलाहरु मात्र नभई समग्र निजी क्षेत्र उत्साहित छ भन्दा अत्युक्ति नहोला ।

     

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : दिल्ली बहादुर सिंह

    नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ

    नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ

    माईती लिक्वीड डिसवासको प्रमोशन गर्न माईतीसंग मेरो भिडियो कार्यक्रम सार्वजनिक

    सांस्कृतिक नगरी ललितपुरमा आजबाट शुरु भयो ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो

    (Untitled)

    समाचार

    माता तीर्थ औँसीको बहार नेपाल हाउसको केक आमालाई उपहार

    अन्तराष्ट्रि«य शान्ति संस्था युनिप नेपालको प्रथम भेला सम्पन्न

    ज्योतीको सङ्गालो विमोचन,अस्पताललाई २५ लाख हस्ताण्तरण(फोटो फिचर सहित)

    श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सव सम्पन्न

    गोरखा पत्रिका बिशेष

    ३७ करोड विदेशी मुद्रा अपचलन आरोपमा चार जनाविरूद्ध अदालतमा मुद्दा

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    २५ जनाभन्दा बढी सहभागी भएको भन्दै राज्य व्यवस्था समिति बैठक स्थगित

    अत्यधिक पढिएका खबरहरु
    १.

    ‘तिमी’ भनेर बोलाउने श्रीमान्ले ‘त’ भन्दा…

  • २०७८ माघ २३, आईतबार
  • ४३६ पाठक संख्या
  • २.

    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि गर्ल्सतर्फ आर्या बस्नेत र ब्वाईज तर्फ मनन लुइँटेललाई

  • २०८० चैत्र १३, मंगलबार
  • ३९१ पाठक संख्या
  • ३.

    बिसोन गुरुङ र प्रशम्सा अधिकारीले जिते मिस्टर ऐनड मिस टिन टियारा कास्की २०२३ को उपाधि

  • २०८० अषाढ ३०, शनिबार
  • ३४३ पाठक संख्या
  • ४.

    ओखलढुंगामा दश बर्षिय बालकद्वारा आत्महत्या

  • २०७८ फागुन १९, बिहिबार
  • ३४१ पाठक संख्या
  • ५.

    बाघको त्रासमा राप्ती सोनारीवासी

  • २०७८ पौष ४, आईतबार
  • ३३८ पाठक संख्या
  • ६.

    मधेस सरकारले कक्षा ११ र १२ का छात्रालाई ल्यापटप दिने

  • २०७८ माघ १८, मंगलबार
  • ३३५ पाठक संख्या
  • आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    गोरखा पत्रिका द्वारा संचालित
    गोरखा पत्रिका डट कम का लागी
    प्रबन्ध निर्देशक:
    सम्पादक:
    ठेगाना:
    ईमेल: info@gorkhapatrika.com
    सम्पर्क न

    फेसबुक

    ट्विटर

    Tweets by GorkhaPatrika
    © २०७८ गोरखा पत्रिका मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
    ↑