
ओखलढुंगामा एक जना बालकले आत्महत्या गरेका छन् । ओखलढुंगा चम्पादेवी गाँउपालिका-पलापु १ का १० वर्षीय आयुष मगरले आत्माहत्या गरेको स्थानीयले बताए। स्थानीयका अनुसार बालक चन्डेश्वरी बोर्डिङ स्कुलमा अध्यनरत रहेका थिए,उनि सोमबार बिहान करिव ९ बजे तिर स्कुल नजिकै रुखमा झुण्डेर आत्महत्या गरेको अवस्थामा स्थानीयले फेला पारेको बताए । बालक केहि दिन देखि स्कुल जान नमानेपछि अभिभावकले घटना भएको दिन बिद्यालय पठाउदा दुश्चिन्ता,सिजोफ्रेनियाजस्ता मानसिक आवेगमा उनलेे आत्महत्या गरेको स्थानीयको बुझाई छ। त्यस्तै शवको पोष्टमार्टम मंगलबार मन्थली अस्पताल गरेर अन्तिम दाहसंस्कार गरेको छ। पछिल्ला तिन बर्षको तथ्याकं अनुसार ओखलढुंगा जिल्लामा १ सय ६५ जना भन्दा बढीले आत्माहत्या गरेका छन् ।
