• गृह पृष्ठ
  • समाचार
  • गोरखा पत्रिका बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • म्युजिक भिडियो
  • प्रदेश शंस्करण
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ कार्तिक २२, शुक्रबार
    • समाचार
    • गोरखा पत्रिका बिशेष
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश शंस्करण
    • ताजा अपडेट

      माता तीर्थ औँसीको बहार नेपाल हाउसको केक आमालाई उपहार

      १ साल अघि

      अन्तराष्ट्रि«य शान्ति संस्था युनिप नेपालको प्रथम भेला सम्पन्न

      १ साल अघि

      ज्योतीको सङ्गालो विमोचन,अस्पताललाई २५ लाख हस्ताण्तरण(फोटो फिचर सहित)

      १ साल अघि

      ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : दिल्ली बहादुर सिंह

      १ साल अघि

      श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सव सम्पन्न

      १ साल अघि

      नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ

      १ साल अघि

      नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ

      १ साल अघि

      नेपालका सरोज ओझासहित २८ देशका ५१ जना कविहरु अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त

      १ साल अघि

      अपाङ्ग एकता आवाज केन्द्रको प्रांगणमा श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ शुरू

      १ साल अघि

      संस्थामा आश्रित बालबालिकाहरुको सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ

      १ साल अघि

      माईती लिक्वीड डिसवासको प्रमोशन गर्न माईतीसंग मेरो भिडियो कार्यक्रम सार्वजनिक

      १ साल अघि

      सेलोघरमा सारा खवरको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

      १ साल अघि

      ‘ड्रंक एण्ड हाई’, ‘फाइटर फिल्म गीत–इश्क जैशा कुछ’, ‘भुल भुलैया २’ र्‍याप गीत–तेरे आंखे भूल भुलैया, ‘हौले हौली’ र ‘नडियो पार’ गायक नेपालमा

      १ साल अघि

      चेम्बर आन्दोलनकै सशक्त नारी हस्ताक्षर उर्मिला श्रेष्ठ चेम्बर उपाध्यक्षमा निर्वाचित (जीवनीसहित)

      १ साल अघि

      विद्यार्थी र अभिभावकको पहिलो रोजाइस् कश्यप एकेडेमी

      १ साल अघि
    in
    आज: २०८२ कार्तिक २२, शुक्रबार
    ट्रेन्डीङ्ग
    इजरायल ओमिक्रोन भेरियन्ट कांग्रेस महाधिवेशन कोरोना भाइरस डेनमार्क नेप्से बुढो रूखमा पालुवा बेलायत मनाङ र पुलिस भिड्ने राशिफल
    होमपेज /  जीवनशैली

    ‘तिमी’ भनेर बोलाउने श्रीमान्ले ‘त’ भन्दा…

  • २०७८ माघ २३, आईतबार (३ साल अघि)
  • ४३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    २३ माघ, टीकापुर । कैलालीकी रुपा हिजोआज सम्मानजनक व्यवहारका कुरा गर्नुहुन्छ । १३ वर्षको कलिलो उमेरमा विवाह गरेकी रुपाका श्रीमान् जागिरे हुन् । तीन सन्तानकी आमा उनले श्रीमान्बाट कहिल्यै राम्रो व्यवहार पाइनन् । पतिले उनलाई सधैं घरको नोकरजस्तै सोंचिरहे र कहिल्यै राम्रो बोलिबचनसम्म गरेनन् ।

    सन्तान नहुर्कुञ्जेल रुपाले यी सबै व्यवहार सहेर बसिन् । उनलाई सन्तान हुर्किसकेपछि श्रीमान्ले गर्ने दुर्व्यवहारविरुद्ध आवाज उठाउन मन लाग्यो । वैवाहिक जीवनको २३ वर्षपछि उनले अगल हुने निर्णय गरिन् । ‘मलाई श्रीमान्ले कहिल्यै सम्मानजनक व्यवहार र अवसर दिएनन् । खान लाउन दिए, धन सम्पत्ति दिए तर इज्जत दिएनन्’ उनले भनिन्, ‘दम्पत्ती भनेका जोडी हुन् । जोडी बराबर भए पो जीवन सजिलो हुन्छ । मैले सधैं मीठो बोल्नुपर्ने, स्याहार गर्नुपर्ने, माया दिनुपर्ने तर उनले तिमी भनेर सम्मानजनक बोल्न पनि नचाहने ।’

    रुपा श्रीमानले दास सम्झने व्यवहारकै कारण आफू मिलेर बस्न नसकेको बताउँछिन् । ‘उहाँ अरु केही गलत हुनुहुन्नथ्यो्, म आत्मसम्मान गिरेको महसुस गर्न थालें, उनले कहिल्यै बुझ्नु भएन’ उनले भनिन्, ‘मनमुटाव बिस्तारै बढ्दै गयो, दुःखी भएर बस्नुभन्दा अलग बस्ने निर्णय गर्‍यौं।’

    सम्बन्ध विच्छेदपछि हाल उनी सम्बन्धमा सम्मानजनक व्यवहार चाहिन्छ भनी सिकाउन थालेकी छन् । उनी हिजोआज सामाजिक जीवनमा सक्रिय छन् र समाजमा महिला र पुरुषबीच समान तथा सम्मानजनक व्यवहार हुनुपर्छ भनी सिकाउने गर्छिन् ।

    कैलालीकै रमा धामीलाई पनि श्रीमान्को व्यवहार पटक्कै मन पर्दैन । उनी श्रीमान्ले जीवनसाथीको जस्तो व्यवहार गरुन भन्ने चाहन्छिन् । प्रेम विवाह गरेकी उनले सुरुवाती दिनमा श्रीमान्बाट साथीजस्तै व्यवहार पाउँथिन् । विवाहपछि व्यवहार बदलियो । ‘विवाहअघि हामी तिमी भनेर बोल्थ्यौं, परिवारको सहमतिमा विवाह भयो’, उनी भन्छिन्, ‘भोलिपल्टबाट मलाई हजुर भनेर सम्बोधन गर्न परिवारले अह्राए, नाम लिएर वा तिमी भनेर बोल्दा श्रीमान्को नाम लिएर बोल्ने सभ्यता नभएकी रहेछ भनी कुरा काटे ।’

    परिवार र छिमेकीले कुरा काटेपछि उनलाई अप्ठ्यारो पर्‍यो । उनले बोलीवचनमा सुधार गरिन् । परिवार र समाजले चाहेजस्तै शब्दले सम्बोधन गरिन् तर उनका श्रीमान्ले थप बोली र व्यवहार बिगारे । तिमी भनेर बोल्ने श्रीमान् त भनी सम्बोधन गर्न थाले । ‘हामी विवाहपछि बराबरी रहेनौं, हाम्रो हैसियत समेत बदलियो’, उनले भनिन् ।

    दम्पती भनेका जीवनसाथी हुन् । जीवनसाथीको व्यवहार साथीजस्तै हुनुपर्छ । तर हाम्रो समाजमा जीवनसाथी बराबरी व्यवहार गर्ने निकै कम छन् ।

    सम्मानजनक तरिकाले बोल्दाका फाइदा धेरै छन् । ‘हरेक श्रीमानले आफ्नो बोली र व्यवहारमा आफ्नी श्रीमतीप्रति सम्मान र प्रशंसा गर्न सक्नुपर्छ । श्रीमतीको कामप्रति प्रोत्साहन र प्रशंसामात्र गर्न सकेमा धेरै घरमा शान्ति हुन्छ’ शिक्षक झपट कडायत भन्छन्, ‘परिवारका सदस्यले पनि दम्पत्तिका सकारात्मक कार्यमा हौसला दिने काम गरेमा सम्मानजनक व्यवहार सम्बन्धमा स्थापित हुन सघाउँछ ।’

    बलियो र दिगो सम्बन्धका लागि जसरी श्रीमतीले श्रीमान्लाई साथ दिन्छिन् यसैगरी श्रीमान्ले समेत साथ दिन आवश्यक छ ।

    अधिकारकर्मी योजना अधिकारी महिलालाई गाली गर्ने, डर देखाउने, अपमान गर्ने, धम्की दिने, नियन्त्रणमा राख्ने काम सदियौँदेखि चलिरहँदा समाजमा महिलाहरू महिला भएकै कारण बढी हिंसा सहिरहेका बताउँछिन् । ‘विवाहमा माया र सम्मान आवश्यक हुन्छ । यही माया र सम्मान गर्न नजान्दा विवाहको सकारात्मक पक्षको लाभ दम्पती र परिवारले नै लिन नसकेको देखिन्छ’ उनी भन्छिन्, ‘आत्मसम्मान नपाउँदा बर्सेनि आत्महत्या गर्ने महिलाको संख्यासमेत बढेको देखिन्छ । सम्मानजनक व्यवहारको कमीकै कारण महिला आफूलाई समाजमा स्थापित गर्न कठिन ठान्छन् ।’

    अधिवक्ता गम्भीरसिंह ऐर ७५ प्रतिशत सम्बन्ध विच्छेदका घटना सम्मानजनक व्यवहार नभएकै कारण हुने गरेको बताउँछन् । ‘गत वर्ष कैलालीमा सय बढी घटना सम्बन्ध विच्छेदका भएका छन् । सम्बन्ध विच्छेदले परिवार विखण्डन भएको छ’ उनले भने, ‘परिवार बिखण्डन भए बालबालिकाको जीवन बर्वाद हुन्छ । उनीहरु अभिभावकको माया पाउनबाट बञ्चित हुन्छन् ।’

    उनी पुरुषले माया देखाउन नजान्दा र महिलाको कानुनीरुपमा पाएको अधिकार प्रयोग गर्ने मानसिक क्षमता कम भएकाले घटना बढ्न थालेको बताउँछन् । ‘महिलालाई अहिले कानुनले धेरै अधिकार दिएको छ । अधिकार प्रयोग गर्न क्षमतामा कमी छ’ उनी भन्छन्, ‘समान अस्तित्व स्वीकार गरी महिलाको क्षमता विकासमा ध्यान दिनुपर्छ ।’

    • #श्रीमान्-श्रीमती
    • #सम्बन्ध विच्छेद

    प्रतिक्रिया दिनुहोस


    जीवनशैली सम्बन्धि थप

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    २५ जनाभन्दा बढी सहभागी भएको भन्दै राज्य व्यवस्था समिति बैठक स्थगित

    सर्वोच्च अदालतमा शुक्रबार मुद्दाको सुनुवाइ नहुने

    सिरहामा लागुऔषधसहित युवक पक्राउ

    बबई नाकामा भारतबाट फर्किनेको उच्च निगरानी

    समाचार

    माता तीर्थ औँसीको बहार नेपाल हाउसको केक आमालाई उपहार

    अन्तराष्ट्रि«य शान्ति संस्था युनिप नेपालको प्रथम भेला सम्पन्न

    ज्योतीको सङ्गालो विमोचन,अस्पताललाई २५ लाख हस्ताण्तरण(फोटो फिचर सहित)

    श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सव सम्पन्न

    गोरखा पत्रिका बिशेष

    ३७ करोड विदेशी मुद्रा अपचलन आरोपमा चार जनाविरूद्ध अदालतमा मुद्दा

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    २५ जनाभन्दा बढी सहभागी भएको भन्दै राज्य व्यवस्था समिति बैठक स्थगित

    अत्यधिक पढिएका खबरहरु
    १.

    ‘तिमी’ भनेर बोलाउने श्रीमान्ले ‘त’ भन्दा…

  • २०७८ माघ २३, आईतबार
  • ४३७ पाठक संख्या
  • २.

    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि गर्ल्सतर्फ आर्या बस्नेत र ब्वाईज तर्फ मनन लुइँटेललाई

  • २०८० चैत्र १३, मंगलबार
  • ३९१ पाठक संख्या
  • ३.

    बिसोन गुरुङ र प्रशम्सा अधिकारीले जिते मिस्टर ऐनड मिस टिन टियारा कास्की २०२३ को उपाधि

  • २०८० अषाढ ३०, शनिबार
  • ३४४ पाठक संख्या
  • ४.

    ओखलढुंगामा दश बर्षिय बालकद्वारा आत्महत्या

  • २०७८ फागुन १९, बिहिबार
  • ३४२ पाठक संख्या
  • ५.

    बाघको त्रासमा राप्ती सोनारीवासी

  • २०७८ पौष ४, आईतबार
  • ३३९ पाठक संख्या
  • ६.

    मधेस सरकारले कक्षा ११ र १२ का छात्रालाई ल्यापटप दिने

  • २०७८ माघ १८, मंगलबार
  • ३३६ पाठक संख्या
  • आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    गोरखा पत्रिका द्वारा संचालित
    गोरखा पत्रिका डट कम का लागी
    प्रबन्ध निर्देशक:
    सम्पादक:
    ठेगाना:
    ईमेल: info@gorkhapatrika.com
    सम्पर्क न

    फेसबुक

    ट्विटर

    Tweets by GorkhaPatrika
    © २०७८ गोरखा पत्रिका मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
    ↑